जेनजी आन्दोलन: इटहरीमा गोली लागेर एकको मृत्यु

२३ भाद्र, २०८२, सोमवार
सारांश
  • इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते युवाको घटनास्थलमै मृत्यु भएको हो ।

 

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ ।

 

 त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार