- केही सातादेखि यहाँका मठमन्दिरमा हराउँदै गएको भजन सुनिन थालेको हो । भजन संस्कृति जोगाउँदै युवाहरुले भजन गाउन थालेका हुन् ।
गलकोट (बागलुङ), २३ भाद्र । गत शनिबार साँझ बागलुङका मठमन्दिर युवाका भजनले गुञ्जिए । त्यसो त यो पहिलो पटक होइन । केही सातादेखि यहाँका मठमन्दिरमा हराउँदै गएको भजन सुनिन थालेको हो । भजन संस्कृति जोगाउँदै युवाहरुले भजन गाउन थालेका हुन् ।
हिजोआज कहिले कालिका भगवती मन्दिर त कहिले गौरीधाम शिव मन्दिरमा जोसिला युवाहरु मादल, खैँजडी र मुजुराको तालमा भजन किर्तन गाइरहेका भेटिन्छन् । भजनमा नाच्नेहरु पनि जोसिला युवा नै हुन्छन् ।
उनीहरुले आफुहरुलाई चर्चित फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’ (एमआरआर)का सदस्य बताउँछन् । धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु युवाहरुको कर्तव्य भएको उनीहरुको भनाइ छ ।
एमआरआरमा बागलुङका १० युवामात्र सदस्य भएपनि उनीहरुको भजन किर्तन समुहमा युवाको सङ्ख्या उल्लेख्य रुपमा जोडिँदै गएका छन् । विभिन्न पेसा व्यवसायमा आवद्ध युवाहरु प्रत्येक शनिबार साँझ ५ बजेदेखि ७ बजेसम्म जम्मा भएर बितेको पाँच सातादेखि भजन किर्तन गरिरहेको समुहका सदस्य रोशन पौडेलले जानकारी दिए ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेराका २६ वर्षीय रोशन पौडेलसँगै काठेखोला गाउँपालिका–८ का २७ वर्षीय कुशल कंडेल, सोही ठाउँका हिमाल कंडेल, बागलुङ नगरपालिका–१४ का ओमकार सुवेदी, काठेखोला गाउँपालिका–६ का अर्जुन कंडेलसँगै अन्य युवाहरुले शनिबार र चाडपर्वका अवसरमा मठमन्दिरमा भेला भएर भजन किर्तन गर्न थालेका हुन् ।
भजन समुहमा बैंक तथा वित्तिय संस्थामा काम गर्नेदेखि पेसा व्यवसाय गर्ने युवाहरु जोडिएका छन् । युवाका सरोकार, अप्ठ्यारोमाा परेकालाई सहयोग र रमाइला काम गर्दै आएका एमआरआरका सदस्यहरुले पछिल्लो समय भजन किर्तन सुरु गरेका हुन् ।
पछिल्लो २८ महिनादेखि पोखरामा एमआरआरका सदस्यहरुले भजन किर्तन गर्दै आएको पौडेलले बताए । काठमाडौँ, बुटवल, चितवन र बागलुङमा पछिल्लो तीन महिनायता भजन किर्तन सुरु गरेको उहाँको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।