बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध आज जेनजी पुस्ताको प्रदर्शन
२०८२ भाद्र २३ सोमवार
- यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् ।
काठमाडौँ: आज जेनजी पुस्ताको प्रदर्शन हुदैछ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले आज बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ ।
यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् ।
यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।
यस प्रदर्शनका लागि रास्वपा, माओवादी केन्द्रसहितका दलले पनि समर्थन जनाएका छन् भने अन्य विभिन्न अभियानले पनि यस प्रदर्शनलाई समर्थन जनाएका छन् । जेनजीको यस स्वस्फुर्त प्रदर्शनलाई राजनीतिक रंग दिने प्रयास शुरु भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले आन्दोलन प्रति आफ्नो समर्थन जनाउदै नेता र अभियन्ताहरुलाई यसको फाइदा उठाउन धेरै बाठो नहुन सचेत गराएका थिए ।
स्वस्फुर्त रुपमा सामुहिक नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने हुनाले यसको नेतृत्व कसैले पनि नगर्ने तर शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना राख्ने गरि तयारी गरेको आयोजकले जनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।