जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

२३ भाद्र, २०८२, सोमवार
सारांश
  • हरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । हाल घाइतेको सिभिल र ट्रमासहित केएमसी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।

 

अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपताल र शिक्षण अस्पतालमा एक एक जनाको मृत्यु भएको छ । अहिलेसम्म आजको प्रदर्शनमा घाइतेको संख्य यकिन हुन सकेको छैन ।

 

त्यस्तै सिभिल अस्पतालमा घाइतेको अवस्था अस्तव्यस्त रहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ ।

 

प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । हाल घाइतेको सिभिल र ट्रमासहित केएमसी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

 

थप विवरण आउनेक्रममा रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार