वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार
२३ भाद्र, २०८२, सोमवार
- पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
वीरगन्ज: भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ ।
प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो । निशा कुमारी गोलु सहनीकी छोरी हुन् ।
घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको छ ।
पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।
प्रहरीले दोषीलाई छिट्टै कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो घटना नेपाल–भारत सीमा क्षेत्रमा पुनः सुरक्षा चुनौतीको संकेतका रूपमा लिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।