सोमबारको प्रदर्शनका लागि प्रशासनको अनुमति, सबै बेथितिविरुद्ध राष्ट्रिय स्तरको प्रदर्शन हुने
२०८२ भाद्र २२ आईतवार
- जिल्ला प्रशासन कार्यालयले सोमबारको प्रदर्शनको अनुमति दिएको जानकारी दिएको छ ।
काठमाडौँ: जेनजी पुस्ताको सोमबार हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले जिल्ला प्रशासन कार्यालयले सोमबारको प्रदर्शनको अनुमति दिएको जानकारी दिएको छ ।
अभियानले सोमबार बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुँदैछ ।
यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ ।
अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ ।
एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’