‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
२०८२ भाद्र २१ शनिवार
- आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास लिएको बताए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले वृष्टि र उर्वरता प्राप्त हुने विश्वासकासाथ मनाइने इन्द्र जात्राले धार्मिक कार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यवद्धता, मेलमिलाप र सहकार्य बढाउनुका साथै प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको बताएका छन् ।
शनिबार इन्द्रजात्राको शुभकामना सन्देश दिदैँ उनले यस्ता मौलिक पर्वहरूले प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न तथा आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास लिएको बताए ।
उनले भने, ‘धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–अर्चना गर्दै कुमारी (जीवित देवी), भगवान् गणेश र भगवान् भैरवको रथयात्रा गरी धुमधामकासाथ मनाउने परम्परा रहिआएको छ । वृष्टि र उर्वरता प्राप्त हुने विश्वासकासाथ मनाइने यस पर्वले धार्मिक कार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यवद्धता, मेलमिलाप र सहकार्य बढाउनुका साथै प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।
शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न तथा आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।’
उनले मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखासमेतका जिल्लाहरूमा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।