प्रदेशमन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धीमा तनाव, सडक अवरुद्ध
२०८२ भाद्र २१ शनिवार
- प्रहरीका अनुसार घाइते बालिकाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ ।
ललितपुर: ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार रहेको गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएको घटनापछि सडक अवरुद्ध भएको छ । मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।
प्रहरीका अनुसार घाइते बालिकाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ ।
ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्धी मावि अगाडि बालिकालाई ठक्कर दिएको थियो ।
ठक्कर दिएपछि आक्रोशित स्थानीयले सातदोबाटो–गोदावरी सडक अवरुद्ध गरेका छन् । स्थानीयले ट्राफिक प्रहरीले मन्त्री सवार गाडीलाई नरोकी सहजै जान दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कानुन सबैलाई बराबर हुनुपर्ने भन्दै सडक अवरुद्ध गरेका छन् ।
ललितपुर प्रहरीले सडक खुलाउन स्थानीयसँग छलफल भइरहेको जानेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’