इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी
२०८२ भाद्र २० शुक्रवार
- आईएसप्यानले भदौ १७ गते नै नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीको जानकारी गराइसकेको थियो ।
काठमाडौं: नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहबिार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।
यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो ।
आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएको छ, जसअनुसार ती सञ्जालहरू बन्द गरिँदैछ ।
आईएसप्यानले भदौ १७ गते नै नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीको जानकारी गराइसकेको थियो । अब नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा ती सामाजिक सञ्जालहरू क्रमशः बन्द गरिनेछ ।
संघले प्रयोगकर्ताहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै अन्य सामाजिक सञ्जालहरू भने यथावत रूपमा चलिरहेको जानकारी पनि दिएको छ ।
आईएसप्यानका अध्यक्ष सुधिर पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा, ‘ग्राहक महानुभावहरूलाई हुने असुविधाका लागि क्षमाप्रार्थी छौं,’ भन्ने उल्लेख छ ।
बन्द गरिन लागिएका प्रमुख सामाजिक सञ्जालहरूः
१. फेसबुक
२. फेसबुक मेसिन्जर
३. इन्स्टाग्राम
४. युट्युब
५. ह्वाट्सएप
६. ट्वीटर (एक्स)
७. लिंक्डइन
८. स्न्यापच्याट
९. रेडिट
१०. डिस्कोर्ड
११. पिन्टरेस्ट
१२. सिग्नल
१३. थ्रेड्स
१४. विच्याट
१५. क्वोरा
१६. टमब्लर
१७. क्लबहाउस
१८. म्यास्टोडन
१९. रम्बल
२०. मिवी
२१. भीके
२२. आइएमओ
२३. जालो
२४. सोल
२५. हाम्रो पात्रो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।