- आज मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस मनाइदैछ ।
काठमाडौँ, २० भाद्र । आज मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस मनाइदैछ ।
यस वर्षको नारा 'तीनै तहका सरकार मिली गरौ हातेमालो, मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो' रहेको छ । यो मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसको १९औं संस्करण हो ।
हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।
यो नाराले संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ र संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’