- परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् ।
काठमाडौं: वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ ।
बिहीबार गौचरस्थित मध्य एयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हुन् ।
अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ ।
परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् ।
सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देश बिच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको भन्दै निकट भविष्यमा सहयोग स्वरूप थप २ (दुई) वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताए ।
कार्यक्रममा बलाधिकृत, अमेरिकी विदेशी सैन्य वित्तपोषण का प्रमुख उपनिर्देशक रथीबृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरूलगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’