निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

२०८२ भाद्र १९ बिहीवार
सारांश
  • मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ–संस्थाहरूले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन् ।

हेटौंडा : शिक्षा प्रणाली सम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालयहरु आन्दोलित हुने भएका छन् ।

 

मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ–संस्थाहरूले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन् ।

 

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीले विधेयक कार्यान्वयन भए निजी क्षेत्रको भविष्य अन्धकारमय हुने भन्दै त्यसविरुद्ध एकताबद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरूको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए ।

 

संयुक्त आन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रको भूमिका अवमूल्यन गर्ने प्रयास अस्वीकार्य रहेको उल्लेख गर्दै आवश्यक परे सडकसम्म उत्रिने चेतावनी दिएको छ । विज्ञप्ति एप्पसन, एपन, हिसान, नेशनल प्याब्सन लगायतका संस्थाहरूको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

 

समितिले आगामी दिनमा हुने आन्दोलनलाई सफल बनाउन सबै शिक्षक, अभिभावक र सरोकारवालाहरूलाई एकताबद्ध रहन आह्वान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार