गोरखामा रात्रीबस दुर्घटना, २१ जना घाइते

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो । घाइतेमध्ये ३-४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

काठमाडौँ : गोरखामा रात्रीबस दुर्घटनामा परेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको यात्रु बस दुर्घटना भएको हो । बस दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो । घाइतेमध्ये ३-४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

 

घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् ।  बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार