शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

२०८२ भाद्र १५ आइतवार
सारांश
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो ।

काठमाडौं : इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ । 

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।

 

 गुठी संस्थानका अनुसार लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने छ भने भाद्र २१ गते इन्द्रजात्रा मनाइने भएको छ । 

 

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ । तीनै वटा रथ तान्न सुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार