- यसअघि भदौ १३ गतेसम्म बन्द रहेका महानगर क्षेत्रका विद्यालय अब १७ गतेसम्म बन्द हुने भएका छन् । महानगरले भनेको छ- विगत केही समयदेखि बढ्दै गएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै भोलि मिति २०८२ भाद्र १५ गतेदेखि १७ गतेसम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्नुहुन अनुरोध छ ।'
वीरगंज : वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा झाडापखाला र हैजाको संक्रमण कायमै रहेकाले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको जानकारी दिएको छ ।
यसअघि भदौ १३ गतेसम्म बन्द रहेका महानगर क्षेत्रका विद्यालय अब १७ गतेसम्म बन्द हुने भएका छन् । महानगरले भनेको छ- विगत केही समयदेखि बढ्दै गएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै भोलि मिति २०८२ भाद्र १५ गतेदेखि १७ गतेसम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्नुहुन अनुरोध छ ।'
साथै महानगरले विद्यालयमा हैजाको सङ्क्रमणलाई रोकथाम गर्न र विद्यालय सञ्चालनको पूर्व तयारीका लागि देहाय बमोजिम गर्न गराउन आग्रह गरको छ ।
महानगरले विद्यालयको शौचालय, खानेपानीको ट्याङ्की लगायतको सरसफाई गर्न, खानेपानीको ट्याङ्कीमा क्लोरिनको झोल राखी पानी शुद्धिकरण गर्न, विद्यालयमा वाशको फोकल पर्सन तोकी स्वास्थ्य संस्थाको प्रत्यक्ष सम्पर्कमा रहन, विद्यालयका विद्यार्थीहरू कोही संक्रमित भए-नभएको जानकारी लिई हैजा रोग लागेको भए सोको जानकारी महाशाखामा गराउन, साथै सरसफाईका मापदण्डहरुलाई पूर्ण रुपले परिपालना गरी विद्यालयमा पठनपाठन गर्नका लागि पूर्व तयारी गर्न गराउनु हुन सबै विद्यालय, इन्स्टिच्युट तथा शैक्षिक संस्थाहरूलाई आग्रह गरको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।