- लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कोरपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, १३ भाद्र । लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कोरपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ करिब ८:०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बि.आर. ०१ पि.बी. ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको प्रहरीले जनाएको छ ।
पिछ गर्दै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको हो । गाडी जाँच गर्दा सात लाख चार हजार ८५० मूल्यबराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।
स्कारपियोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।