पूर्व प्रदेश प्रमुख अहिराजलाई थुनामा, उच्च अदालतद्वारा सदर

२०८२ भाद्र १२ बिहिवार
सारांश
  • उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

काठमाडौँ, १२ भाद्र । मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई उच्च अदालत पाटनले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका गत साउन १४ मा न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

 

अहिराजले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । अहिराजविरुद्ध महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

 

गत साउन ४ गते पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । महिलाले आफूलाई २०८१ को ४ जेठमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेकी थिइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार