शेखर कोइरालाको प्रश्न- कृषिलाई प्राथमिकतामा राखेको कितावमा लेखेर मात्रै हुन्छ ?

१० भाद्र, २०८२, मगलवार
सारांश
  • नेता कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? भन्ने प्रश्न गर्दै उखु किसानको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

नेता कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? भन्ने प्रश्न गर्दै उखु किसानको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

उनले भनेका छन्-

खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ? कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार