- विशेषगरी हिन्दू महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ ।
रौतहट : रौतहट सहित मधेश प्रदेशका जिल्लामा हिन्दू नारीको महान् चाड हरितालिका तिजको रौनकताले झप्पकै छोपेको छ ।
अहिले गाउँ घर र शहर, बजारमा चहलपहल शुरु भइसकेको छ भने बजारमा किनमेल गर्नेहरूको भिडभाड उत्तिकै बढेको छ । तीजमा महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा रहेको देखिन्छ ।
विशेषगरी हिन्दू महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ ।
तराई मधेशका पहाडी समुदायका महिलाहरुमा सिमित रहेको तीज पर्व पछिल्लो समय यहाका मधेशी समुदाय माझ पनि लोकप्रिय छ । मधेशमा रहेका पहाडी समुदायका महिलाहरु संगै उनिहरु पनि दरखाने र भक्तिपूर्वक उपवास बस्ने गर्दछन् ।
तीज पर्वको आफनै धार्मिक , मौलिकता र संस्कृति रहेकाले मनाउन थालिएको देवाही गोनाही नगर पालीका वडा न. ९ कि रेनुकुमारी गुप्ता बताइन् । यस पटक पनि तीजको व्रत बस्ने तयारी थालेको उनको भनाइ छ ।
तीजलाई सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने निकै रमाइलो र महत्वपूर्ण पर्वको रुपमा लिइन्छ ।अहिले गाउँ घरमा आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ ।
गाउँमा सामूहिक रूपमा तीजको उत्सव मनाउने क्रम पनि बाक्लिन थालिसकेको छ । यहाका सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । चन्द्रपुरमा रहेको बिन्दावासीनी सहकारीले यहि भदौ ४ गते तीजको दर खाने र नाचगानको कार्यक्रम गरेको हो ।
यहाँ बितिय तथा अन्य सङ्घसंस्थाले पनि प्रत्येक बर्ष तिजको दर खाने र नाचगानको कार्यक्रम गर्दै आएको छ । यस बर्षका लागि केहिले दर खाने कार्यक्रम गरिसकेका छन भने धेरैजसोले मिति तोकेर तयारी थालेका हुन ।
तीज आउनुभन्दा एक साता अघिदेखि होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति अहिले पनि कायमै छ । यो तीज पर्वको मर्म र भाव बिपरित भएको चिन्ता पनि अगुवा महिलाहरुबाट नै सुनिन्छ ।
तीजमा महङ्गा पहिरन र गहना प्रदर्शन गर्ने होडबाजी बिकृतीका रूपमा रहेको चन्द्र्पुरकि दुर्गा पौडेल लाई चिन्ता छ । तिजको परम्परा र संस्कृति जोगाउँदै महिलाले सो अनुरुपमा मनाउनुपर्ने उनको भनाइ छ ।
तीजका गीत संगीत पनि पछिल्लो समयमा भने परिवर्तन हँदै गएको छ । अहिले बजारमा तीजका नाममा अधिकांश भड्किला, उत्तेजित र मायाप्रीतिका गीत आउने गरेका कारण तीजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएको हो ।
एक दशक भन्दा पहिला जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुखदुःख गीतबाटै भाव व्यक्त गर्दै रमाइलो गद्र्थे । तर अहिलेको तीज गीतमा त्यस्तो भाव नै पाइँदैन ।
तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने सचेत महिलाहरु बताउछन। अर्को तर्फ तीज पर्वले महिलालाई मात्र नभइ व्यापारीहरुको व्यवसाय पनि फाइदा पुगेको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि तीज आउनुभन्दा अघि देखि नै चन्द्रनिगाहपुरका कपडा तथा साडी, कस्मेटिक, ब्युटी पार्लर र सुनका गरगहनाका पसलमा महिलाहरुको भिडभाड छ । यस बर्ष भाद्र ९ मा दर खाने र १० गते हरितालिका तीजको व्रत रहेको पात्रोमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।