कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, समिति गठन
२०८२ श्रावण ३१ शनिवार
- शनिबार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा छलफल गरी निर्णय गरिएको छ ।
मुगु: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डिकेशनाथ योगीको शनिबार निधन भएको छ । परिवारजनले डाक्टरको लापरबाहीपूर्ण उपचारका कारण मृत्यु भएको दाबी गर्दै स्वास्थ्य प्रतिष्ठानको समग्र उपचार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन् ।
शनिबार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा छलफल गरी निर्णय गरिएको छ ।
योगीको मृत्यु प्रकरण छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ । सो समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन् भने सदस्यहरूमा बद्रिनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत र मीन बहादुर रावल लगायतका सात सदस्य रहेका छन्।
समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समग्र उपचार व्यवस्थापनको सम्बन्धमा अध्ययन–छानबिन गरी प्रतिवेदन पेश गर्नेछ । प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य रतन नाथ योगी माओवादी केन्द्रका बिष्णु बहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।