सिन्धुपाल्चोक र सुर्खेतबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०८२ श्रावण २७ मङ्गलवार
सारांश
  • १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ : सिन्धुपाल्चोक र सुर्खेतबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 
 

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

त्यस्तै २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका-५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

यसैगरी २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१ सोलिघोप्टे बस्ने २३ वर्षीय सुरेश कुमार आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार