निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ :अध्यक्ष ढकाल

२०८२ श्रावण २५ आइतवार
सारांश
  • आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए ।

काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

 

आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए ।

 

उनले भने, ‘नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको अवस्था थिएन् । तर अहिले क्रमश निजी क्षेत्रलाई पनि ध्यानमा राखिएको कुरा सबैले महशुस गरेको छ । नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने जुन परम्परा थियो त्यो पनि परिवर्तन हुँदै गएको छ ।’

 

यस्तै, उनले निजी क्षेत्र र सरकारबीच सहकार्य हुने हो भने हजारौं मानिसलाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था भएको भन्दै निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

 

उनले भने, ‘जबसम्म आम नागरिकहरुको चासो निजी क्षेत्रमा सकारात्मक रुपमा बढ्दैँन् तबसम्म रोजगारी सिर्जना गर्न, पूर्वाधार बढाउन सक्दैनौ । रोजगारी सिर्जना गर्ने कुरा धेरै गाह्रो कुरा हो । तर निजी क्षेत्रले सरकारलाई सहयोग गर्ने हो भने हजारौं जनालाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था पनि भएको हुनाले निजी क्षेत्रलाई एकदमै प्राथमिकतामा राख्नुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार