रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस
२०८२ श्रावण २२ बिहिवार
- विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखर लगायत रेडिमेड कपडाहरु आयातामा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।
काठमाडौं : गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ ।
यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरुलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरु अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन् ।
कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भएपनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए । ‘लत्ता कपडा, फलफूल लगायत करोडौं रुपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ । विशेषगरी तीज, दशैं र तिहारका लागि आयात गर्न लागिएका सामानहरु नाकामै रोकिएका छन् । अबको केही दिन भित्र ती बस्तहरुलाई नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरु कुहिने, षड्ने वा विग्रेर जाने सम्भावना रहेको छ,‘उनले भने ।
विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखर लगायत रेडिमेड कपडाहरु आयातामा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।
अहिले तातोपानी नाकाबाट नेपाल–चीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातो पानीबाट हुने व्यापारिक कारोबार समेत प्रभावित भएको छ । यसले व्यवसायीहरुलाई समान आयात गर्न झनै सकस भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’