- विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको विरौटाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई युवती र एक युवक छन् । जसमा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा घारीकुलोकी ३२ वर्षीया रीना थापा मगर, स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल पोखरा-१७ बिरौटा बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत स्थायी घर भई हाल पोखरा-१७ बिरौटा बस्ने ३९ वर्षकी मीना थापा मल्ल छन् ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको विरौटाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूको लागूऔषध डाइजापाम एकसय ६६ एम्पुल, फेनेरागन एक सय ६९ एम्पुल, नुर्फिन एक सय ६६ एम्पुल गरी कूल पाँच सय एक एम्पुल र तीन थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’