लुम्बिनी विकास कोषको काम अपेक्षा अनुसार हुन सकेको छैनः पर्यटन मन्त्री पाण्डे
२०८२ श्रावण २१ बुधवार
- बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा भएको समसामयिक छलफलमा उनले लुम्बिनीलाई जसरी अगाडि बढाउने योजना थियो त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बताए ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको काम निरन्तर रुपमा अगाडि बढेको भएपनि अपेक्षा अनुसार नभएको बताएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा भएको समसामयिक छलफलमा उनले लुम्बिनीलाई जसरी अगाडि बढाउने योजना थियो त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बताए ।
उनले भने, ‘काम भईरहेको छ, निरन्तर रुपमा अगाडि बढि रहेको छ तर अपेक्षा अनुसार भएको छैन् । हामीले लुम्बिनीलाई जसरी सोचि रहेका छौ त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने छ । आगामी दिनमा यसलाई व्यवस्थित गर्दै हामी अगाडि बढ्छौ । तुरुन्तै गर्नुपर्ने कामको सन्दर्भमा हामीले ऐन नै परिवर्तन गर्नुपर्ने छ, यो संघीयता पछि स्थानिय तह र प्रदेशलाई पनि संलग्न गराएर हाम्रो बोर्ड निर्माण गर्नुपर्ने छ । यसको तयारी भईरहेको छ ।’
यस्तै, उनले लुम्बिनी खतराको सूचीमा जादैँ गर्दा एक वर्ष समय थप भएको भन्दै यसलाई सुधार गर्ने तर्फ मन्त्रालय अग्रसर रहेको बताए ।
मन्त्रालय सम्हालेको एक वर्ष पुगेको जानकारी गराउदैँ अझसम्म पनि राजनीतिक पूर्वाग्रह नराखिकन काम गरेको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’