- तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।
इनरुवा : सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।
सोमबार पछिल्लो अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७५ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।
यसअघि आइतबार कोशी ब्यारेजमा एक लाख ९१ हजार ९० क्युसेक प्रतिसेकेण्डसम्म पानीको बहाव पुगेर घटेको थियो तर सोमबार बिहानदेखि फेरी बढेको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’