- साउन १२ गते सोमबार बिहान स्थानीयले हायु परिवार बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजी गर्दा सोहि दिन राती पोखराको गगन गौडामा उनीहरुलाई फेला परेको थियो ।
सिन्धुली : पोखरा पुगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायुको परिवार फर्किन तयार भएको छ । वडाध्यक्ष रविन्द्र श्रेष्ठले हायु परिवार सिन्धुली फर्किन तयार भएको जानकारी दिएका छन् ।
साउन १२ गते सोमबार बिहान स्थानीयले हायु परिवार बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजी गर्दा सोहि दिन राती पोखराको गगन गौडामा उनीहरुलाई फेला परेको थियो ।
वडाअध्यक्ष श्रेष्ठले भनेका छन्- खुसीको खबर, सिन्धुलीको गोलन्जोर गापा वडा नम्बर ६ बाट बेपत्ता भएको १६ जना हायु परिवारहरुलाई आज पोखराको गगनगौडाबाट गोलन्जोर-६ फर्काउने तयारी हुदै ।'
यसअघि वडा अध्यक्ष श्रेष्ठसहितका जनप्रतिनि गगनगौडा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेपनि उनीहरु फर्किन मानेका थिएनन् । वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरेका थिए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो ।
वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने बताएका छन् । हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’