- कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए । कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी थिए भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना सहभागी थिए । त्यस्तै जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी भएका थिए ।
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए । कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी थिए भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना सहभागी थिए । त्यस्तै जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी भएका थिए ।
बोर्डले केहि बेरमा नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने जानकारी दिएको छ ।
नतिजा कसरी हेर्ने ?
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।