हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते
१९ श्रावण, २०८२, सोमवार
- उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लागि गएका तीर्थयात्रीहरूलाई बोकेर फर्कँदै थियो ।
इटहरी : खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।
उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लागि गएका तीर्थयात्रीहरूलाई बोकेर फर्कँदै थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका १० जनालाई काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले जानकारी दिए । अन्य ६ जना घाइतेमध्ये अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।
दुर्घटना गम्भीर अवस्थामा रहेकी सिरहा जिल्लाको नरहा गाउँपालिका–३ की ममतादेवी यादवलाई घुर्मी पठाइएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्थाका केही नामावलीः
१. राजु यादव – टाउको, छाती र दाहिने हातमा चोट
२. रामशरण ठाकुरकी श्रीमती – आँखामा गम्भीर चोट, बोल्न नसक्ने
३. सविता कुमारी यादव (३२ वर्ष)
४. मिथिला कुमारी यादव (४० वर्ष)
५. दुर्योधन यादव (७९ वर्ष, धनुषा)
६. पुनम यादव (३० वर्ष)
७. लक्ष्मी शर्मा (३२ वर्ष)
८. नदिन शर्मा (३२ वर्ष)
९. धनेश्वर यादव (५७ वर्ष)
१०. झालु देवी यादव
त्यस्तै, सामान्य घाइतेहरूमा रञ्जित यादव, शिला शर्मा, मिना कुमारी शर्मा, शिबम शर्मा (१० वर्ष), दिपेन्द्र यादव र कुस्मवती यादव (७० वर्ष) रहेका छन् ।
दुर्घटनापछि गाडीका चालक सिरहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजीकार्य र घटनाको अनुसन्धान भइरहेको खोटाङ प्रहरीले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’