पेट्रोलको मुल्य घट्यो

१६ श्रावण, २०८२, शुक्रवार
सारांश
  • निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

काठमाडौँ, १६ श्रावण । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ । निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

 

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र  डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।

 

मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार