राष्ट्रिय गौरवको आयोजनामा २६ प्रतिशत भौतिक प्रगति भएको जानकारी
२०८२ श्रावण १६ शुक्रवार
- बैठकमा समितिका सदस्यहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था, समस्या र समाधान प्रयासबारे जानकारी दिइन् ।
काठमाडौं : संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजना सम्बन्धी प्रगति, समस्या तथा समाधानका प्रयासबारे छलफल भएको छ ।
बैठकमा समितिका सदस्यहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था, समस्या र समाधान प्रयासबारे जानकारी दिइन् ।
उनका अनुसार वर्तमान गुरु योजनाअनुसार राष्ट्रिय गौरवका आयोजनाहरू आर्थिक वर्ष २०८७÷८८ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सचिव दवाडीले भनिन्, ‘राष्ट्रिय गौरवको आयोजनाहरु ८७÷८८ मा सम्पन्न गर्ने अहिलेको गुरु योजनाको उद्देश्य छ । राष्ट्रिय गौरवको आयोजना स्वीकृत हुनुअघि थोरै बजेट विनियोजन हुन्थ्यो र काम पनि सीमित मात्र हुन्थ्यो । तर राष्ट्रिय गौरवको रुपमा स्थापना भएपछि सरकारले बजेट पर्याप्त रुपमा विनियोजन गरेको छ ।’
उनले हालसम्म कुल भौतिक प्रगति २६ प्रतिशत पुगेको बताइन् । विशेषगरी एकीकृत महाकाली सन्धिको कार्यान्वयन अन्तर्गत ३३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्यसहित काम अघि बढाइएको बताइन् । यसमा २८ हजार हेक्टर सतही सिंचाई र पाँच हजार हेक्टर भूमिगत सिंचाई हुने उद्देश्य छ ।
‘अहिलेसम्म भौतिक प्रगति २६ प्रतिशत रहेको छ । मुल नहर ४८ किलोमिटरको निर्माणका लागि ठेक्का भइसकेको छ । अहिलेसम्म २८ किलोमिटर नहर निर्माण सम्पन्न भइसकेको छ । केही शाखा नहरहरू पनि बनेका छन्,’दवाडीले भनिन् । ‘अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा पु¥याउनका लागि आवश्यक नहर प्रणाली बनिसकेको छ ।’
तर आयोजनामा ठूला चुनौतीहरू पनि देखिएको उनले बताइन् । ‘महाकाली सन्धि अनुसार भारतले नेपालतर्फ पानी छोड्नुपर्ने हो, तर पटक–पटक कुटनीतिक पहल गर्दा पनि हालसम्म पानी आएको छैन,’ उनले भनिन् ।
उक्त समस्या समाधान भएमा किसानका खेतसम्म पानी पु¥याउन सकिने अवस्था निर्माण हुने भन्दै उनले आगामी आर्थिक वर्षभित्रै ६ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य राखिएको जानकारी दिइन् ।
बैठकमा समितिका सदस्यहरूले आयोजनाका कार्यान्वयनमा देखिएका ढिलाइ तथा भारतसँगको कूटनीतिक समन्वयलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।