‘वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै स्थापित गराउने योजना छ’
२०८२ श्रावण १५ बिहिवार
- बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए ।
काठमाडौं : वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए ।
उनले भने, ‘विदेशबाट आफ्नो समय सकाएर नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने, आफ्नै पालिकामा स्थापित गराउने र वैदेशिक रोजगारमा एकपटक गइसकेको व्यक्ति पुनः जान नपर्ने अवस्था निर्माण गर्ने गरि उद्यमशिलता तालिमको व्यवस्थापन गर्ने, तालिम दिने र उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ ।’
यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेर बताए ।
उनले भने, ‘विदेश जानुपूर्व सीपमूलक तालिमहरु दिने गइ सकेपछि अप्रिय घटनाहरु हुन सक्छन् । घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेलमा पर्ने, एउटा काम भनेर लाने अर्को काम गराउने खालको अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डको हो । यो चरणको हिसाबले दोस्रो चरणको काम भएपनि क्रियाकलापको हिसाबले सबैभन्दा महत्वपूर्ण र प्राथमिकताको हिसाबले, पहिला प्राथमिकताको काम भनेकै राहत, उद्धार र कल्याणकारी काम नै हो ।’
उनले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुले एपबाट नै पढ्न मिल्ने खालको पाठ्यक्रम निर्माणको तयारी गरिरहेको भन्दै यसलाई अलि व्यवस्थापन गर्न सके घाइते र मृत्यु हुने दर कम हुने विश्वास व्यक्त गरेका छन् । सोही अनुसारको बजेटको कार्यक्रमहरु पनि बनाएको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।