‘प्राकृतिक प्रकोपको व्यवस्थापनले मात्र आर्थिक समृद्धि सम्भव’
२०८२ श्रावण १४ बुधवार
- बुधबार विभागले आयोजना गरेको स्तम्भ २ अन्तर्गत अन्तर विश्लेशषणमापरामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न नसके समग्र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नसकिने बताए ।
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका महानिर्देशक (डिजी) कमलराम जोशीले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न रोकथाम र निवारणलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।
बुधबार विभागले आयोजना गरेको स्तम्भ २ अन्तर्गत अन्तर विश्लेशषणमापरामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न नसके समग्र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नसकिने बताए ।
उनले भने, ‘हामीले अलिकति रोकथाममा अथवा निवारणमा गएन भने हामी प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सक्दैनौं र हामीले समग्र आर्थिक समृद्धिको लक्ष्य जुन लिएको छ । त्यो पूरा हुन सक्दैन् ।’
त्यस्तै, उनले बाढी, पहिरो र चट्याङ जस्ता वर्षेनी विपद्को कारण लगानीको प्रतिफल जनताले अनुभूति गर्न नसकेको गुनासो गरे ।
उनले भने, ‘हामीसँग बाढी, पहिरो, चट्याङ जस्ता अन्य वर्षेनी जस्तो विपद् भइरहन्छ । हामीले बनाएका संरचना खानेपानी सिँचाई हेरौं सडक तथा अन्य संरचना हेर्ने हो भने हामीले गरेको लगानीको प्रतिफल जनताले उपयोग गर्न नपाउँदै विभिन्न विपद्ले पहिले कै ठाउँमा पुर्याउदा नेपालको आर्थतन्त्रले पनि धान्न सकेको छैन् ।’
त्यस्तै, सोही कार्यक्रममा बोल्दै मौसम विद् शान्ति कँडेलले जलवायु परिवर्तनका कारण मौसमी घटनाहरुको पूर्वानुमानमा थप चुनौती थपेको बताईन् ।
‘जलवायु परिवर्तनका कारण वृद्धि भएका विषम मौसमी घटनाहरुको पूर्वानुमानमा थप चुनौती थपेको अवस्था छ ।’ उनले भनिन्
उनले विगतका वर्षहरुमा भएको बाढीमा न्युन जनधन र मानविय क्षतिको डाटाले पूर्वानुमानको महत्वलाई थप प्रमाणित गरेको धारणा पनि राखिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।