स्थानीय जनप्रतिनिधिले हायु परिवारलाई भेटे, सिन्धुली फर्किन आग्रह
२०८२ श्रावण १४ बुधवार
- हायु परिवार सोमबार राति मात्र पोखराको गगनगौडामा डेरा गरि बसेको अवस्थामा भेटिएको थियो।
काठमाडौँ: सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षसहितको टोलीले पोखरा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेको छ ।
बुधबार वडा अध्यक्ष सहितको टोलीले हायु परिवारलाई भेट गरेर सिन्धुली फर्किन आग्रह गरेको अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरको बताएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो । हायु परिवार सोमबार राति मात्र पोखराको गगनगौडामा डेरा गरि बसेको अवस्थामा भेटिएको थियो।
वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने बताए पनि उर्मिला हायुले फर्किन नमानेको बताएका छन् । उनले छोरा छोरीले माने पनि आमाले नमानेको बताए । हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’