- २०८२ साल जेठ २३ गते दिउँसो उक्त बजार क्षेत्रमा आगलागी भएको थियो । नवदुर्गा होटलमा सिलिण्डर विस्फोट भएपछि फैलिएको आगोले करिब एक दर्जनभन्दा बढी पसलहरू पूर्णरूपमा नष्ट भएका हुन । केही पसल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएका थिए ।
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ ।
२०८२ साल जेठ २३ गते दिउँसो उक्त बजार क्षेत्रमा आगलागी भएको थियो । नवदुर्गा होटलमा सिलिण्डर विस्फोट भएपछि फैलिएको आगोले करिब एक दर्जनभन्दा बढी पसलहरू पूर्णरूपमा नष्ट भएका हुन । केही पसल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएका थिए ।
भीषण आगलागीबाट खरानी बनेको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का सरकारी तथा गैरसरकारी निकाय तथा विभिन्न व्यक्तिहरुको सहयोगपछि पुनर्निर्माण भएर पूरानै स्वरुपमा देखिएको छ ।
सुरुमा पुनःनिर्माण कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका पीडितहरु राहत पाएपछि खुसी भएपनि अब फेरी कसरी सामान जुटाउने भन्ने चिन्तामा छन् ।
आगलागी पीडित व्यावसायीहरुले जेनतेन गरेर टिनका टहरा उठाए पनि टहरा खाली छन् । घर जग्गा र सम्पत्ति नै धितो राखेर बनाएका पसल र सुरु गरेको व्यापार व्यवसाय खरानी भएपछि आफ्नो प्राण बाहेक उनीहरू खाली बनेका थिए ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त आगलागीबाट करिब एक दर्जन बढी पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने केहीमा आंशिक क्षति भएका थियो । ती सबै अहिले बजारको पुरानै संरचनाको स्वरुपमा देखिएका छन् ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगंगा र त्रिवेणी नगरपनलिकाले बाम्का बजार पुनर्निर्माण तथा व्यवस्थापन समिति बनाएर विभिन्न निकाय तथा सहयोगीदाताहरुबाट प्राप्त राहतबाट बजार पुनर्निर्माण भएको बताएका छन् ।
उनले आगलागीबाट पीडितहरुलाई विभिन्न चरणमा नगद सहित राहत सामग्री वितरण गरेर उनीहरु आफैँले पुनर्निर्माण गरेको बताए । आगलागीबाट पूर्ण क्षति भएका १३ र आंशिक ९ वटा गरी २२ वटा पसल पुननिर्माण गरिएको नगर प्रमुख बानियाँले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।