- उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपि पेस्टबाट चलि रहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताईन् ।
काठमाडौं: नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् ।
उनले भनिन्, ‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन् । तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु । आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् । हामीले सत्य र तथ्यको एक प्रतिशत पनि नभएको विषयवस्तु र पत्रकारिता पनि हेर्न परेको छ ।’
यस्तै, उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपि पेस्टबाट चलि रहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताईन् ।
उनले भनिन्, ‘कानून हाम्रो पूरानो नै छ । त्यसैगरि हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ । अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपि पेस्टबाट चलि रहेको छ । एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो । कपि पेस्टले कति असर पारेको होला त । त्यसकारण काउन्सिलले पत्रकारलाई सत्य तथ्यमा समाचार लेख्ने कुरामा ध्यान दिनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’