तराई-मधेशलाई राहत प्याकेज घोषणा गर्न नारायणकाजीको सरकारसँग माग

२०८२ श्रावण ९ शुक्रवार
सारांश
  • यस घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्ने उल्लेख गरेका छन् ।

काठमाडौँ: नेकपा माओवादी केन्द्रक वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरी बेहोरी रहेको तराई-मधेशका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

 

श्रेष्ठले मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा यस घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्ने उल्लेख गरेका छन् ।

 

उनले भनेका छन्- वर्षा हुन नसकेको कारण आमरुपमा गर्मी बढेको छ भने तराई - मधेशले खडेरी व्यहोर्नु परिरहेको छ ।खेतमा रोपाईं हुन नसकिरहेको मात्र होइन ,खाने पानीमा समेत समस्या उत्पन्न भएको छ ।यस सन्दर्भमा प्रदेश सरकारले मधेशलाई सुखा क्षेत्र घोषणा गरेको छ भने संघीय सरकारले  मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्दछ ।तर  अहिले सम्म सरकारले त्यसतर्फ समुचित  ध्यान दिन सकेको छैन ।तत्काल राहत प्याकेज घोषणा गरियोस् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार