- मन्त्रालयले इजरायल र इरानबीचको द्वन्दको समयमा भारत सरकारको सहयोगमा तीन पटकमा गरि इरानमा रहेका ९ नेपाल स्वदेश फर्किएको जनाएको छ ।
काठमाडौँ: इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा विहिबार पाँचै नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।
मन्त्रालयले यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई धन्यवाद दिएको छ ।
साथै मन्त्रालयले इजरायल र इरानबीचको द्वन्दको समयमा भारत सरकारको सहयोगमा तीन पटकमा गरि इरानमा रहेका ९ नेपाल स्वदेश फर्किएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’