त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु
२०८२ श्रावण ०८ बिहीवार
- आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ गरिव विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।
आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ गरिव विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।
आन्दोलन संयोजक मनिष चम्लागाईले बताए अनुसार, केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनु पर्छ । विद्यार्थीहरूमाथि आर्थिक भार हुने निर्णय तत्काल फिर्ता लिनुपर्छ । यदि माग सम्बोधन भएन भने आन्दोलन थप सशक्त बनाइनेछ ।
अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको छ । सो अवधिमा माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी पनि दिइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’