मधेश प्रदेशका पूर्व प्रमुख झा पक्राउ

२०८२ श्रावण ५ सोमवार
सारांश
  • सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो ।

जनकपुर: मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।


काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो ।


चैत २५ गते उनीविरुद्ध जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो । पूर्वप्रदेश प्रमुख झा २०७७ फागुन ७ गते मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । फौजदारी कसुरमा काठमाण्डु जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।


सो घटना २०८१ जेठ ४ गते भएको थियो । युवतीका अनुसार पूर्वप्रदेश प्रमुख झाले कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेका थिए । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडित युवतीको भनाइ छ । पीडित युवतीले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले लामो समयसम्म आलटाल गर्दै आएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार