- पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति पु¥याएको उनले बताए । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पोखरा: गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरुमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको हो ।
काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति पु¥याएको उनले बताए । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पोखरा–१३ का वडाध्यक्ष किरण बरालका अनुसार माथिल्लो क्षेत्रमा पर्खाल भत्किएर कटान हुँदा ढल्के पुलनजिकैको एक घरमा क्षति पुगेको हो । ‘खोलाको धार मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘क्षति भएको घरमा जाली लगाउने कार्य पनि थालिएको छ ।’
काहुँखोला बजार क्षेत्रमा नहरमार्फत पूर्वतर्फ विजयपुर खोलामा मिसिने तथा दक्षिणतर्फ सिँचाइ नहरमा जाने व्यवस्था रहेको छ । तर, शुभकामना टोलस्थित कांग्रेसका स्थानीय नेता दीपक गुरुङ र उनका आफन्तले प्लटिङ गर्दा बनाइएको रिटेनिङ पर्खालका कारण सिँचाइ नहर साँघुरिएको छ । यसले गर्दा पानीको निकास अवरुद्ध भई शुभकामना टोलका घरहरू डुबानमा परेको बताइएको छ । अत्यधिक चापका कारण २०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो, जसले बाढीको बहाव एकतर्फ केन्द्रित भएपछि आसपासका घरमा बाढी पसेको हो।
बाढी पीडितहरूलाई हाल सुरक्षित स्थानमा राखिएको छ । वडा कार्यालय, सामुदायिक विकास संस्था र अन्य स्थानीय संघ–संस्थाको सहकार्यमा पीडितहरूको अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बाढीबाट प्रभावित स्थानीयवासीलाई हाल पोखरा–१३ स्थित समाज घरमा खाद्यान्न तथा आवासको अस्थायी प्रबन्ध मिलाइएको वडाध्यक्ष बरालले जनाएका छन् ।
हाल प्रभावित क्षेत्रका परिवारलाई तत्कालका लागि सुरक्षित राख्न र आवश्यक सहयोग पु¥याउन स्थानीय तह सक्रिय रहेको पनि उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।