वीपी स्मृति अस्पतालले बीपी स्मृति दिवस मनाउने, शीर्ष नेताहरु सहभागी हुने
२०८२ श्रावण ५ सोमवार
- नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य बीपीको विचार र योगदानको स्मरण गर्नु रहेको अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।
काठमाडौं : लोकतान्त्रिक विचारका अग्रणी नेता वीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि विहान ८ बजे वीपी.स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन् ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य बीपीको विचार र योगदानको स्मरण गर्नु रहेको अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।
दिवसको मुख्य आकर्षणस्वरूप ‘देश विकास र देशवासीको उन्नतिको आधारः बीपीको विचार’ विषयक विचार गोष्ठी आयोजना गरिने छ ।
उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए ।
यसै अवसरमा, पूर्वअध्यक्ष डा.शेखर कोइरालाले वीपी.स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उदघाटन गर्नेछन् ।
अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन् । इच्छुक रक्तदाता महानुभावहरूलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ । साथै, पूर्वमन्त्री शशांक कोइरालाको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
बीपी कोइरालाको स्मृतिमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत ऐतिहासिक चलचित्र’नालापानी को विशेष प्रदर्शनसमेत गरिनेछ ।
अस्पताल २०६४ साल असोज १३ गते स्थापना भएको हो । स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा केन्द्रित यस संस्थाले सातै प्रदेशका जनतालाई लक्षित गरी सेवा दिँदै आएको छ ।
हाल अस्पतालबाट विशेषज्ञहरूमार्फत विभिन्न रोगको उपचार तथा शल्यक्रियासमेत उपलब्ध गराइँदै आएको छ ।
स्टाफ नर्स र हेल्थ असिस्टेन्ट तहमा नियमित पढाइ सन्चालनमा रहेको संस्थाले २०६९ सालदेखि वार्षिक ४० जना स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ ।
अस्पतालले लोपोन्मुख जातजाति, अति गरिब र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ भने अन्य सेवामा पनि १०–२५ प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ ।
हालै मातातीर्थमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । आगामी दिनमा देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यसहित बीरगञ्जमा सेवा सुरु गर्ने तयारी गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’