चक्रपथको कलंकी–चाबहिल सडकखण्ड विस्तारमा ढिलाइ : यात्रु, व्यवसायी र सवारी चालकहरू हैरान
२०८२ श्रावण ०४ आईतवार
- सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।
काठमाडौं : काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।
सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।
चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु मलिकाले भनिन् ‘सडकमा हिड्न एकदमै गाह्रो छ । मेन रोडबाट हिँड्न खोज्यो भने गाडीले ठोकिदेला कि भन्ने डर, छेउतिर हिँड्न खोज्दा धुलो र खाल्डाखुल्डीको जोखिम छ । एउटा गाडी पास भएपछि त्यस्तो धुलो उठ्छ कि हिँड्नै नसकिने हुन्छ ।’
उनले धुलोका कारण स्वास्थ्यमा असर परेको सुनाइन्, ‘धुलोका कारण एलर्जी हुन्छ, राति गएर एलर्जीको औषधि खानुपर्छ । अन्य सर्वसाधारण मानिसको स्वास्थ्यमा कति असर पुर्याइरहेको होला ।’
सरकारले चाँडै सडक निर्माण सम्पन्न गर्न समेत उनले अनुरोध गरिन् । ‘रोड भनेको जतिसक्दो छिटो बनाउनुपर्ने हो । हामी हिँड्ने बाटो ढिला बनाउँदा जनताले सास्ती भोग्नु परेको छ । राज्यले विकासमा हेलचेक्र्याइँ गर्नु हुँदैन,’ उनले भनिन् ।
१० वर्षदेखि ट्याक्सी चलाउँदै आएका बुद्धिबहादुर तामाङ सडकको अवस्थाबाट अत्यन्त असन्तुष्ट छन् । ‘थोरै परिवर्तन देखिए पनि अपेक्षाकृत सुधार भएको छैन । यस्तो खाल्डा–खुल्डी सडकमा गाडी चलाउँदा बारम्बार मर्मत गर्नुपर्छ’ उनले गुनासो गरे ।
तामाङ भन्छन्, ‘राज्यले समयमै सडक बनाए हामी सवारी चालकलाई राहत मिल्थ्यो । अहिले त गाडी बिग्रेको खर्च पनि थेग्न मुस्किल छ ।’
चक्रपथ क्षेत्रमा व्यापार गर्दै आएका गोपाल शाही नौं वर्षदेखि दैनिक सोही सडक प्रयोग गर्दै आइरहेका छन् । सडक बनाउने काममा राज्यले गरेको ढिलाइले व्यापारीलाई ठूलो असर परेको उनले सुनाए ।
उनका अनुसार धुलोका कारण स्वासप्रश्वासका समस्या बढेका छन् । ‘साझपख खोकी लाग्ने, छाति भारी हुनेजस्ता समस्या सामान्य जस्तै भएका छन् । जनताका लागि राम्रो सडक भए धेरै सजिलो हुन्थ्यो । राजधानीमै यस्तो अवस्था छ भने देशका अन्य ठाउँको अवस्था कस्तो होला ?’
विगत १४ वर्षदेखि सोही क्षेत्रमा व्यापार गर्दै आएका शिवराज पौडेल १० बर्षदेखि सडकको अवस्था उस्तै रहेको सुनाउँछन् । ‘म जबदेखि यहाँ आएँ, तबदेखि नै यो सडक विस्तारकै क्रममा थियो । यतिका वर्षसम्म पनि नबन्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
उनले लामो समयसम्म सडक निर्माण नहुनुका कारण व्यापारमा असर परेको बताए । ‘धुलो, हिलोका कारण ग्राहकहरू घटेका छन् । पार्किङको समस्याले झनै व्यापार गर्न गाह्रो भएको छ,’ पौडेल भन्छन् ।
चक्रपथको दोस्रो खण्डमा भइरहेको सडक विस्तारको लामो ढिलाइले जनजीवनमा गहिरो असर पारेको छ । यात्रुहरू हिँड्न सक्दैनन्, सवारी चालकहरूका गाडी बिग्रन्छन्, व्यापारीहरूको व्यापार घटेको छ ।
राज्यको बेवास्ता र ढिलासुस्तीको चपेटामा परेको यो आयोजना राजधानीमा विकासको नाममा देखिएको चरम लापरवाहीको प्रतिक बनेको छ ।
यसरी चक्रपथ विस्तारको दोस्रो सडकखण्डमा वर्षसँगै घाँस उम्रिएर हरियाली हुँदै गएको छ । सडक विस्तारमा ढिला गरिँदा झारले सडक ढाकेको हो ।
चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।
चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेका हुन् । यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । तर सबै काम सकिए पनि सडक विस्तारको काम हुन सकेको छैन् । चीनको विभिन्न प्राविधिक टोलीले सडकको फिल्ड अध्ययन गरेपनि प्रक्रिया अगाडि नबढ्दा समस्या देखिएको हो ।
त्यस्तै सोही सडकको बाँकी काम अघि बढाउनेगरी ०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । तर आज ०८२ साउन महिनासम्म पनि काम अगाडि बढ्न सकेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।