मकवानपुर लागूऔषध ट्रान्जिट बन्दै: ६.४ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
२०८२ श्रावण ०४ आईतवार
- बरामद भएका लागूऔषधसहित सबै व्यक्तिहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
हेटौंडा: मकवानपुर जिल्लामा लागूऔषध कारोबार तीव्र रुपमा बढिरहेको छ । हेटौंडाका विभिन्न स्थानहरूमा गरिएको विशेष अपरेशनमा ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जना व्यक्तिहरू पक्राउ परेका छन्।
साउन २ गते विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका र वरपरका क्षेत्रमा लागूऔषध कारोबारीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा हेटौंडा–१ का २० वर्षीय सतिस लामा, सानोपोखरा–५ का सन्जिव लामा, भिमफेदी गाउँपालिका–२ कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२ बाँसपानीकी १९ वर्षीया सन्ध्या घलान, पर्साको पोखरिया नगरपालिका–१ बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवा, सप्तरी सम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९ लामसुरेमा बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी राजगढ गाउँपालिका–२ बनैनियाका ३६ वर्षीय अजय सिंह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ जफत गरिएको छ । सतिस लामा, सन्जिव लामा, सन्ध्या पाख्रिन र सन्ध्या घलानबाट २ ग्राम २१० मिलिग्राम, अकलेश महतो कुशहवाबाट २ ग्राम ९१० मिलिग्राम, शैलेन्द्र चौधरी र अजय सिंहबाट १ ग्राम २८० मिलिग्राम, जम्मा ६ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।
बरामद भएका लागूऔषधसहित सबै व्यक्तिहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतले मकवानपुर हुँदै अन्य स्थानमा लागूऔषध ओसारपसार हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाउँदै, जिल्ला विस्तारै लागूऔषध ट्रान्जिट बन्दै गइरहेको प्रति गम्भीर सरोकार व्यक्त गरेको छ ।
यसैबीच प्रहरीले लागूऔषध कारोबार र दुरुपयोग नियन्त्रण गर्न जनसहभागितामा आधारित सचेतनामूलक कार्यक्रम र निगरानी अभियानलाई तीव्र बनाउने तयारी गरेको जानकारी दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।