- यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
खाँदबारी (सङ्खुवासभा), ३ साउनः सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा ती पुलको उद्घाटन गर्दै निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले ठेकेदारको लापरबाहीका कारण जनताले समयमा सेवा पाउन नसकेका भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने बताए।
चैनपुर नगरपालिका-१ र मादी नगरपालिका-९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पुलको निर्माण विसं २०७३ देखि सुरु भएको थियो । विसं २०७९ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी कुन्सालिङ निर्माण सेवाको ढिलाइका कारण तीन वर्ष बढी समय लागेको हो । पुल निर्माणमा रु सात करोड १९ लाख ६५ हजार खर्च भएको छ ।
धर्मदेवी नगरपालिका-४ र मादी नगरपालिका-६ जोड्ने मायाखोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष ढिलोगरी सम्पन्न भएको हो । विसं २०७४ मा सुरु भएको यो पुल निर्माणमा रु छ करोड २५ लाख ३९ हजार खर्च भएको जनाइएको छ ।
यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।