काठमाडौं महानगरमा नयाँ अभ्यास, ओएमआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच

२०८२ साउन ३ शनिवार
सारांश
  • परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए ।

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२÷०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।


परीक्षा बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो । महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । 


परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए । गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।


परीक्षाको उत्तरपुस्तिका ओएमआर प्रणालीमार्फत जाँच भइरहेको हो । यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ ।


सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र नतिजा भोलि बिहान, अर्थात आइतबार बिहान, महानगरको आधिकारिक वेबसाइट मार्फत प्रकाशित हुने छ ।


काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिव चार हजार भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ती उपलव्ध हुने पोखरेलको भनाइ छ । यी सिटहरूमा ४०५ सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५५ संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका , १४५ काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १५ ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार