क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो
२०८२ साउन १ विहिवार
- बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो ।
काठमाडौँ: नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् ।
बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो ।
भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुर्ननिर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनिया पक्षबाट प्रतिवद्धता आएको छ ।
यसैगरि चिनिया सहयोगमा सञ्चालित अन्य आयोजनाहरु टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौ–चक्रपथ दोश्रो खण्ड विस्ताको काम छिटै शुरु हुने बताए ।
भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे ।
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सिमापुल रहेको स्थानमा दशैं अघिनै पुल निर्माण हुने अपेक्षा राखिएको छ । मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरुको विच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए ।
बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवात जावतमा कठिनाई भए पछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आउनु भएको छ । छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीलगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरु सहभागी थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’