बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक
२०८२ साउन १ विहिवार
- मनसुन सक्रिय भइरहेका बेला असुरक्षित सडक खण्डमा दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको ५ ।
रामेछाप: मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।
काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचना अनुसार साउन १ गतेदेखि साउन मसान्तसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो । सार्वजनिक र निजी दुवै खालका सवारीसाधन अब रातको समयमा चल्न पाउने छैनन् ।
मनसुन सक्रिय भइरहेका बेला असुरक्षित सडक खण्डमा दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको ५ ।
गएको वर्ष असोजमा परेको पानीले आएको बाढी र पहिरोका कारण बिपी राजमार्गको रोशीखोला क्षेत्रमा ठुलो क्षति भएको छ । सो स्थानमा अस्थायी सडक निर्माण गरी यातायात साधन सञ्चालन गरिएको छ । चौकी डाँडादेखि नेपालथोकसम्मको सडक खण्डमा ठुलो क्षति पुगेको छ। बिपी राजमार्गमा काठमाडौंबाट पूर्व आउने दैनिक सयौँ गाडीहरू सञ्चालनमा रहने गर्छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’