पूर्वमन्त्री मानबहादुर विश्वकर्मा 'भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार' बाट पुरस्कृत
३२ आषाढ़, २०८२, बुधवार
- दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउनुका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
काठमाडौँ, ३२ असार – बुधबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वमन्त्री तथा प्राध्यापक मानबहादुर विश्वकर्मालाई ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ प्रदान गरेको छ । उक्त पुरस्कार मन्त्री बद्रीप्रसाद पाण्डेले प्रदान गरेका हुन् ।
दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउनुका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको अध्ययन गाउँबाटै शुरु गरी भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गरेका प्राध्यापक मानबहादुर विश्वकर्माले वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गरेका थिए ।
राणाशासनमा नै दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरी राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, मानव अधिकारको क्षेत्र र सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान पुऱ्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।
राष्ट्रिय शिक्षा पुरस्कार, २०४३ बाट समेत पुरस्कृत विश्वकर्मा वि.सं. २०३४–२०४७ सालसम्म अमृत साइन्स क्याम्पसका प्राध्यापक रहेका थिए । त्यस्तै, उनले काठमाडौ भ्याली क्याम्पस (काठमाडौं विश्वविद्यालय अन्तर्गत) को संस्थापक भई वि.सं २०४२–२०४९ सम्म प्राध्यापन समेत गरेका थिए । तत्पश्चात् सक्रिय राजनीतिमा प्रवेश गरी शिक्षा, राजनीति र सामाजिक रुपान्तरणमा उनी क्रियाशील रहँदै आएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको संस्थापक सभापति भई तीन कार्यकालसम्म केन्द्रीय अध्यक्ष बनेका उनी वि.सं. २०६३ सालमा क्याबिनेट स्तरको वातावरण, विज्ञान र प्रविधि राज्यमन्त्री, संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य समेत भए । उनीसङ्ग लामो समयसम्म पार्टीको केन्द्रीय प्रशिक्षक भई करिब ७० जिल्लामा पुगेर प्रशिक्षिण गरेको अनूभव छ ।
उनको नेतृत्त्वमा दलित विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति, एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनमा आरक्षण तथा निजामती सेवामा आरक्षण सिटको व्यवस्था गर्ने काम भएको थियो । वि.सं. २०५८ सम्म देशभर दलित समुदायबाट जम्मा दुई जना एमबीबीएस डाक्टर रहेका अवस्थामा हाल उक्त संख्या १५० भन्दा बढी पुगेको छ ।
विश्वकर्माकै पहलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिर मेमोरियल कलेज र अन्य संस्थाहरूमा दलित विद्यार्थीका लागि आरक्षित सिट व्यवस्था गरिएको छ । उनको मन्त्रीकालमा निजामती सेवामा ९ प्रतिशत आरक्षणको नीति लागू गराएकै कारण हाल सयौं दलित कर्मचारीहरू प्रशासनिक सेवामा कार्यरत छन्, जसमा सहसचिव तहसम्मको पद पनि समावेश छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।