विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे
२०८२ असार ३२ गते बुधबार
- बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन । नेपालको परिचय विश्वभरी फैलिँदै गएको छ । नेपालीहरु संसारभरी रहेका छन् । त्यसकारण पनि नेपाल विश्वभरी फैलिएको छ । नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ ।’
उनले विदेशमा नेपाली सम्पदा, मूर्तिहरू र अभिलेखप्रति विदेशीहरूमा चासो बढ्दो रहेको उल्लेख गर्दै विश्व समुदायले नेपालको सांस्कृतिक धरोहरलाई विशेष ध्यान दिइरहेको बताए । उनले दुनियाँभरको चासो नेपालप्रति रहेकाले नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको बताए।
उनले भने, ‘हाम्रा थुप्रै सम्पदा र मुर्तिहरु विदेशमा पुगेका छन् । विदेशका मान्छेहरु नेपालको सम्पदा र अभिलेखको बारेमा धेरै नै चासो राख्ने गर्छन् । दुनियाँभरको चासो हाम्रो नेपालप्रति छ, नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’